मोरङमा कोरोनाका कारण थप एक जनाको ज्यान गयो

 भदौ ३, २०७७ बुधबार १२:३२:३१ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङको बिराटनगरमा कोरोनाका कारण थप एक जनाको ज्यान गएको छ । बुढीगंगा गाउँपालिका–२ की ६५ वर्षीया महिलाको ज्यान गएको हो ।

गएको साउन २५ गते विराट मेडिकल कलेजमा भर्ना भएकी ती महिलालाई फेरि २७ गते कोशी अस्पतालमा भर्ना गरिएको थियो । कोरानाको रिपोर्ट नेगेटिभ आएपछि घर लगिए पनि स्वास्थ्यमा थप समस्या देखिएपछि साेमबार राति विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएकोमा गएराति ज्यान गएको हो ।

प्रतिष्ठानमा भएको कोरोना परीक्षणमा उहाँको रिपोर्ट पोजेटिभ आएको थियो । रिपोर्ट आएलगत्तै ज्यान गएको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिनुभयो । 

बुढीगंगा  गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष रेवती चौधरीले घरमा बिरामी परेकी महिलाको विपीमा उपचारको क्रममा ज्यान गएपछि मात्र कोरोना परीक्षण हुँदा रिपोर्ट पोजेटिभ आएको बताउनुभयो । चौधरीका अनुसार उहाँको सम्पर्कमा आएका १७ जनाको परीक्षणको तयारी भइरहेको छ । 

 . 

अन्तिम अपडेट: चैत १४, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया