काेराेना सङ्क्रमणबाट वीरगञ्जमा ४८ वर्षीय पुरुषकाे ज्यान गयाे

 भदौ ५, २०७७ शुक्रबार १५:५१:२६ | केसी लामिछाने
unn.prixa.net

प्रतिकात्मक तस्बिर

पर्सा – वीरगञ्ज महानगरपालिका १० रानीघाटका ४८ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण ज्यान गएकाे छ । गण्डक बहुअरीमा रहेकाे वीरगञञ्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा शुक्रबार दिउँसो सवा १ बजे ४८ वर्षीय पुरुषकाे ज्यान गएकाे हो ।

ती पुरुषमा मुटुसम्बन्धी रोगको समस्या थियो । गएकाे साउन ३१ गते नारायणी अस्पतालको आईसीयूमा भर्ना भएका ती पुरूषमा साउन ३२ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो। पीसीआर रिपोर्ट पोजिटिभ देखिएपछि उनलाई नारायणी अस्पतालबाट वीरञ्जज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा लगिएको थियो ।  

आईसीयूमा उपचाररत उनको स्वास्थ्यमा समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेकाे थियो ।

योसँगै वीरगञ्जमा कोरोनाका कारण ज्यान गुमाउनेकाे सङ्ख्या ३४ पुगेको छ । साउनमा मात्रै २९ जनाको ज्यान गएकाे छ । 

अन्तिम अपडेट: चैत ७, २०८०

केसी लामिछाने

केसी लामिछाने पर्साका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया