महाेत्तरी : निषेधाज्ञाकाे माैका छाेप्दै नदीजन्य पदार्थकाे उत्खनन गरिरहेका ट्र्याक्टर, डाेजर र टिप्पर नियन्त्रणमा

 भदौ ५, २०७७ शुक्रबार २०:२:४३ | धनवीर महतो
unn.prixa.net

महोत्तरी – निषेधाज्ञाको माैका छाेपेर महोत्तरीको रातु खोलामा नदीजन्य पदार्थको अवैध उत्खनन गरिरहेका १३ वटा सवारी साधन नियन्त्रणमा लिइएको छ ।

महोत्तरीको बर्दिवास नगरपालिका, महोत्तरी र एकडारा गाउँपालिकाबाट रातु खोलामा पुगेर अवैध रुपमा माटो तथा नदीजन्य पदार्थ उत्खन्न गरिरहेका ट्याक्टर र डाेजर र टिप्पर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश विष्टले जानकारी दिनुभयाे । 

प्रहरीले नाै वटा ट्याक्टर, तीन वटा डाेजर र एउटा टिप्परलाई नियन्त्रणमा लिएको हो ।

रातु खोलामा अवैध रुपमा उत्खनन भइरहेकाे भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी टोली त्यहाँ पुगेकाे डीएसपी विष्टले बताउनुभयाे । 

नियन्त्रणमा लिएको सवारी साधनलाई आवश्यक कारबाहीको लागी स्थानीय निकायमा पठाउने प्रक्रिया भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत १२, २०८०

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया