पर्सामा दुई जना कोरोना सङ्क्रमितको ज्यान गयो

 भदौ ६, २०७७ शनिबार ९:०:३६ | केसी लामिछाने
unn.prixa.net

पर्सा - कोरोनाका भाइरस सङ्क्रमणका कारण पर्सामा थप दुईको ज्यान गएको छ ।

 वीरगञ्ज महानगरपालिकाको सुगौली बिर्ताका ५८ वर्षका पुरुष र बहुदरमाई नगरपालिका बहुअरीका  ६१ वर्षका पुरुषको कोरोना सङ्क्रमणका ज्यान गएको हो ।

५८ वर्षका पुरुषको नारायणी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा उपचारको क्रममा गएराति ज्यान गएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । 

उहाँको अस्ति ४ गते स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएकोमा हिजो रिपोर्टमा पोजेटिभ आएको थियो । 

कुनै पनि ट्राभल हिस्ट्री नभएका उहाँमा खोकी र श्वासप्रश्वासको समस्या देखिएको थियो । यस्तै अस्ति ४ गते उपचारका लागि अस्पताल भर्ना हुनुभएका ६१ वर्षका पुरुषको बिहान सवा ७ बजे ज्यान गएको डाक्टर निरज सिंहले जानकारी दिनु भयो  ।

अन्तिम अपडेट: चैत २३, २०८०

केसी लामिछाने

केसी लामिछाने पर्साका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया