नेपालमा झण्डै ३२ हजारमा कोरोना पुष्टि : कुन जिल्लामा कति सङ्क्रमित ?

 भदौ ८, २०७७ सोमबार १०:२८:१० | सजना तिमल्सिना
unn.prixa.net

फोटो स्रोत : स्वास्थ्य मन्त्रालय 

काठमाण्डौ - पछिल्लो समय कोरोना सङ्क्रमणको दर बढ्दै गएको छ । भदौ महिनाको सात दिनमा मात्रै ५ हजार २ सय ७५ जनामा कोरोना पुष्टि भएको छ । एक हजार ५ सय ७९ महिला र ३ हजार ६ सय ९६ जना पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस अवधिमा काठमाण्डौमा ६ सय ५६ पुरुष र ३ सय ५६ महिला गरी एक हजार १२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै काठमाण्डौमा मात्रै कोरोना सङ्क्रमितको संख्या २ हजार ५ सय नाघेको छ । 

काठमाण्डौमा एक हजार ७ सय ६२ पुरुष र ८ सय १७ गरी २ हजार ५ सय ७९ जनामा कोरोना भएको मन्त्रालयले जनाएको छ । काठमाण्डौपछि  पर्सामा धेरै सङ्क्रमित छन् । पर्सामा एक हप्तामा ४ सय ९१ पुरुष र १ सय ५५ महिला गरी ६ सय ४६ जनामा कोरोना पुष्टि भएको छ ।

योसँगै पर्सामा सङ्क्रमितको संख्या १ हजार ५ सय ८७ पुरुष र ४ सय ४३ महिला गरी २ हजार ३० जना पुगेको छ । काठमाण्डौमा, पर्सामा भन्दा ५ सय ४९ जना धेरैमा सङ्क्रमण पुष्टि भएको छ । बारा, सर्लाही र मोरङमा पनि यो हप्ता सङ्क्रमण पुष्टि हुनेको संख्या बढ्दै गएको छ । हुम्ला, बाजुरा, मुगु, मुस्ताङ, म्याग्दी र सोलुखुम्बुमा एक जना पनि थपिएनन् । अरु जिल्लामा सङ्क्रमित थपिएका छन् । 

कुन जिल्लामा कति सङ्क्रमित ? 

माघ ९ गते पहिलो संक्रमित भेटिएको नेपालमा त्यसको दुई महिनापछि चैत १० गते दोस्रो व्यक्तिमा सङ्क्रमण पुष्टि भयो । त्यसपछि एक दुई गर्दै सङ्क्रमण पुष्टि हुनेको संख्या बढ्दै गयो । अहिले यो संख्या बढेर झण्डै ३२ हजार पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा अहिलेसम्म ६ लाख ४ सय ४४ जनाको पीसीआर परीक्षण गर्दा ३१ हजार ९ सय ३५ जनामा कोरोना पुष्टि गरेको छ । जसमध्ये १८ हजार ६ सय ३१ जना निको भएका छन् भने १३ हजार १ सय ५५ जना आइसोलेशनमा छन् । १ सय ४९ जनाको ज्यान गएको छ । १ सय ३७ जनाको आईसीयू र १० जनाको भेन्टिलेटरमा उपचार भैरहेको मन्त्रालयले जनाएको छ । 

दुई हजार बढी सङ्क्रमित भएका जिल्ला 

काठमाण्डौ: एक हजार ७ सय ६२ पुरुष र ८ सय १७ गरी २ हजार ५ सय ७९ जनामा कोरोना पुष्टि भएको छ । १२ जनाको ज्यान गएको छ । 

पर्सा: १ हजार ५ सय ८७ पुरुष र ४ सय ४३ महिला गरी २ हजार ३० जनामा कोरोना हुँदा २९ जनाको ज्यान गएको छ । 

१५ सयदेखि दुई हजार जनामा सङ्क्रमण भएका जिल्ला

रौतहट: एक हजार ६ सय २३ पुरुष र १ सय २२ महिला गरी एक हजार ७ सय ४५ जनामा कोरोना पुष्टि भएको छ । तीन जनाको भने ज्यान गएको छ । 
कैलाली: एक हजार ५० पुरुष र ३ सय ७० महिला गरी एक हजार ४ सय २० जनामा कोरोना हुँदा ४ जनाको ज्यान गएको छ । 

एक हजारदेखि १५ सयसम्म सङ्क्रमित भएका जिल्ला

सर्लाही: एक हजार १ सय ९८ पुरुष र १ सय ८८ महिला गरी एक हजार ३ सय ८६ जनामा कोरोना पुष्टि हुँदा ४ जनाको ज्यान गएको छ । 

मोरङ: ९ सय ५३ पुरुष र ४ सय १९ महिला गरी एक हजार ३ सय ७२ जनामा कोरोना पुष्टि भएको छ । १३ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । 

धनुषा: एक हजार ९८ पुरुष र १ सय ८२ महिला गरी एक हजार २ सय ८० जनालाई कोरोना हुँदा ११ जनाको ज्यान गएको छ । 

महोत्तरी: एक हजार ४८ पुरुष र एक सय महिला गरी एक हजार १ सय ४८ जनामा कोरोना पुष्टि हुँदा एक जनाको ज्यान गएको छ । 

कपिलवस्तु: ९ सय १४ पुरुष र एक सय २८ महिला गरी एक हजार ४२ जनालाई कोरोना भएको छ । तीन जनाको भने ज्यान गएको छ । 

दैलेख: ९ सय १८ पुरुष र १ सय ११ महिला गरी एक हजार २९ जनामा कोरोना भएको छ । एक जनाको भने ज्यान गएको छ । 

बाजुरा: ४ सय ३१ पुरुष र १ सय ९२ महिला गरी ६ सय २३ जनामा कोरोना पुष्टि हुँदा एक जनाको ज्यान गएको छ । 

सुर्खेत: ५ सय १८ पुरुष र १ सय ४९ महिला गरी ६ सय ६७ जनामा कोरोना हुँदा दुई जनाको ज्यान गएको छ । 

बाँके: ६ सय ६६ पुरुष र १ सय ७० महिला गरी ८ सय ३६ जनामा कोरोना पुष्टि भएको छ । ४ जनाको ज्यान गएको छ । 

सप्तरी: ६ सय १ पुरुष र ९८ महिला गरी ६ सय ९९ जनामा कोरोना पुष्टी भएको छ ।  ५ जनाको भने ज्यान गएको छ । 

बारा: ५ सय ३१ पुरुष र १ सय २० महिला गरी ६ सय ५१ जनामा कोरोना पुष्टि हुँदा ८ जनाको ज्यान गएको छ । 

पाँच सयदेखि एक हजारसम्म सङ्क्रमित भएका जिल्ला

झापा: ४ सय ३१ पुरुष र ७८ महिला गरी ५ सय ९ जना कोरोना पुष्टि हुँदा एक जनाको ज्यान गएको छ । 

डोटी: ६ सय ७ पुरुष र २ सय ८९ महिला गरी ८ सय ९६ जनालाई कोरोना भएको छ । 

रुपन्देही: ५ सय ४० पुरुष र १ सय ४८ महिला गरी ६ सय ८८ जनामा कोरोना पुष्टि भएको छ । एक जनाको ज्यान गएको छ । 

अछाम: ६ सय ५५ पुरुष र १ सय ७७ महिला गरी ८ सय ३२ जनामा कोरोना देखिएको छ । 

दाङ: ६ सय ३८ पुरुष र १ सय १५ महिला गरी ७ सय ५३ जनालाई कोरोना हुँदा एक जनाको ज्यान गएको छ । 

पाल्पा: ५ सय २४ पुरुष र ५३ महिला गरी ५ सय ७७ जनामा कोरोना पुष्टि भएको छ । एक जनाको ज्यान गएको छ । 

कन्चनपुर: ४ सय ८१ पुरुष र १ सय ३१ महिला गरी ६ सय १२ जनामा कोरोना पुष्टि भएको छ । 

एक सय देखि पाँच सयसम्म सङ्क्रमित भएका जिल्ला: 

तनहुँ: २ सय २ पुरुष र ३३ महिला गरी २ सय ३५ जनामा कोरोना पुष्टि भएको छ । एक जनाको ज्यान गएको छ । 

लमजुङ: १ सय १० पुरुष र १४ महिला गरी १ सय २४ जनामा कोरोना भएको छ । 

बर्दिया: २ सय ५८ पुरुष र ६७ महिला गरी ३ सय २५ जनामा कोरोना पुष्टि हुँदा एक जनाको ज्यान गएको छ । 

जुम्ला: ९७ पुरुष र २८ महिला गरी १ सय २५ जनालाई कोरोना भएको छ । 

भक्तपुर: १ सय ७३ पुरुष र ९९ महिला गरी २ सय ७२ जनामा कोरोना पुष्टि भएको छ । दुई जनाको भने ज्यान गएको छ । 

स्याङजा: २ सय ७६ पुरुष र ४७ महिला गरी ३ सय २३ जनामा कोरोना पुष्टि हुँदा दुई जनाको ज्यान गएको छ । 

बाग्लुङ: २ सय ५४ पुरुष र ३० महिला गरी २ सय ८४ जनालाई कोरोना भएको छ । एक जनाको भने ज्यान गएको छ । 

सुनसरी: ३ सय ७१ पुरुष र १ सय १ महिला गरी ४ सय ७२ जनामा कोरोना पुष्टि हुँदा ३ जनाको ज्यान गएको छ । 

मकवानपुर: १ सय ९८ पुरुष र ९१ महिला गरी २ सय ८९ जनामा कोरोना पुष्टि भएको छ । तीन जनाको भने ज्यान गएको छ । 

गोरखा: १ य २३ पुरुष र २८ महिला गरी १ सय ५१ जनालाई कोरोना भएको छ । एक जनाको ज्यान गएको छ । 

ललितपुर: २ सय २५ पुरुष र १ सय ८६ महिला गरी ४ सय ११ जनामा कोरोना पुष्टि भएको छ । दुई जनाको भने ज्यान गएको छ । 

धादिङ: १ सय ५४ पुरुष र २७ महिला गरी १ सय ८१ जनामा कोरोना पुष्टि हुँदा एक जनाको ज्यान गएको छ । 

डडेलधुरा: २ सय ६७ पुरुष र ५४ महिला गरी ३ सय २१ जनालाई कोरोना भएको छ । 

नवलपरासी पूर्व:  ३ सय ६६ पुरुष र ५१ महिला गरी ४ सय १७ जनामा कोरोना भएको छ ।

चितवन: २ सय ४४ पुरुष र ९७ महिला गरी ३ सय ४१ जनामा कोरोना पुष्टि हुँदा ४ जनाको ज्यान गएको छ । 

अर्घाखाँची: ३ सय २१ पुरुष र ४३ महिला गरी ३ सय ६४ जनालाई कोरोना हुँदा एक जनाको ज्यान गएको छ । 

नवलपरासी पश्चिम: १ सय ४३ पुरुष र ३३ महिला गरी १ सय ७६ जनामा कोरोना हुँदा एक जनाको ज्यान गएको छ । 

गुल्मी: २ सय २५ पुरुष र ५९ जना महिला गरी ३ सय ८४ जनामा कोरोना पुष्टि भएको छ । तीन जनाको भने ज्यान गएको छ । 

कास्की: २ सय १८ पुरुष र ८० महिला गरी २ सय ९८ जनालाई कोरोना हुँदा दुई जनाको ज्यान गएको छ । 

उदयपुर: ९० पुरुष र ३५ महिला गरी १ सय २५ जनामा कोरोना पुष्टि भएको छ । 

प्यूठान: ३ सय ८४ पुरुष र ३४ महिला गरी ४ सय १८ जनालाई कोरोना हुँदा एक जनाको ज्यान गएको छ । 

सल्यान: २ सय ८१ पुरुष र २५ महिला गरी ३ सय ६ जनामा कोरोना पुष्टि भएको छ । 

पर्वत: ९३ पुरुष र १६ महिला गरी १ सय ९ जनालाई कोरोना भएको छ । 

सिरहा: ३ सय ८१ पुरुष र ३६ महिला गरी ४ सय १७ जनामा कोरोना पुष्टि हुँदा ३ जनाको ज्यान गएको छ । 

बझाङ: २ सय २४ पुरुष र ७८ महिला गरी ३ सय २ जनामा कोरोना पुष्टि हुँदा एक जनाको ज्यान गएको छ । 

काभ्रेपलान्चोक: ७१ पुरुष र ४४ महिला गरी १ सय १५ जनालाई कोरोना हुँदा दुई जनाको ज्यान गएको छ । 

बैतडी: २ सय ६९ पुरुष र ४० महिला गरी ३ सय ९ जना 

एक सयभन्दा कम सङ्क्रमित भएका जिल्ला

जाजरकोट: २६ पुरुष र ५ महिला गरी ३१ जना 

इलाम: ८६ महिला र ६ पुरुष गरी ९२ जना 

रोल्पा: ७० पुरुष र १२ महिला गरी ८२ 

रुकुम पूर्व: ११ पुरुष र ४ महिला गरी १५ 

सिन्धुली: ५२ पुरुष र ८ महिला गरी ६० 

सिन्धुपाल्चोक: ६० पुरुष र २५ महिला गरी ८५ जनामा कोरोना पुष्टि हुँदा तीन जनाको ज्यान गएको छ । 

ओखलढुंगा: २६ पुरुष र दुई महिला गरी २८ जना 

नुवाकोट: ६१ पुरुष र १२ महिला गरी ७३ जना 

दोलखा: २८ पुरुष र १३ जना महिला गरी ४१ जनालाई कोरोना हुँदा दुई जनाको ज्यान गएको छ । 

तेह्रथुम: १४ पुरुष र ४ महिला गरी १८ जना 

खोटाङ: २१ पुरुष र ५ महिला गरी २६ जना 

म्याग्दी: ४६ जना महिला र ५ पुरुष गरी ५१ जनामा कोरोना पुष्टि भएको छ । एक जनाको भने ज्यान गएको छ । 

रसुवा: ६ महिला र ९ पुरुष गरी १३ जना 

कालिकोट: ७१ पुरुष र १२ महिला गरी ८३ जना 

धनकुटा: १६ पुरुष र २ महिला गरी १८ जना 

पाँचथर: ९ पुरुष र ३ महिला गरी १२ जना 

संखुवासभा: ९ पुरुष र एक महिला गरी १० जना 

दार्चुला: ४५ पुरुष र ४ महिला गरी ४९ जना 

रुकुम पश्चिम: ५० जना पुरुष र ६ जना महिला गरी ५६ जना 

भोजपुर: ९ जना पुरुष र दुई महिला गरी ११ जना 

ताप्लेजुङ: १५ पुरुष र तीन महिला गरी १८ जना 

रामेछाप: ५१ पुरुष र ७ महिला गरी ५८ जना 

मनाङ: ३ पुरुष 

सोलुखुम्बु: ७ पुरुष र एक महिला गरी ८ जना 

डोल्पा: ६ पुरुषमा कोरोना पुष्टि हुँदा एक जनाको ज्यान गएको छ । 

मुस्ताङ: एक पुरुष 

हुम्ला: चार पुरुष र एक महिला गरी पाँच जना 
र 
मुगु: ११ पुरुष र एक महिला गरी १२ जनामा कोरोना पुष्टि भएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

सजना तिमल्सिना

सजना तिमल्सिना उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया