सामूहिक राजीनामा दिने वीरगञ्जका १५० डाक्टरको चेतावनी

 भदौ ८, २०७७ सोमबार १९:२३:१८ | केसी लामिछाने
unn.prixa.net

पर्सा – वीरगञ्जका निजी अस्पतालमा कार्यरत एक सय ५० जना डाक्टरले मङ्गलबारदेखि काम नगर्ने भएका छन् ।

आफूहरुका माग पूरा नभएकोले मङ्गलबारदेखि काममा हाजिर नहुने गरी राजीनामा दिने निर्णय गरिएको मेडिकल अफिसर एसोसिएशन अफ वीरगञ्ज सङ्घर्ष समितिले जनाएको छ ।  उनीहरुले जिल्ला प्रशासन कार्याल, नेपाल चिकित्सक सङ्घ, एसाेसियसन अफ प्राइभेट हस्पिटल इन्स्टिच्युशन अफ नेपाल र आफू कार्यरत अस्पतालमा सात दिनभित्र माग पूरा गर्न भन्दै गएको भदाै १ गते अल्टिमेटम दिएका थिए ।

साेमबार साँझसम्म माग सम्बोधन नभएपछि उनीहरुले विज्ञप्ति निकालेर मङ्गलबार सामूहिक राजीनामा दिने निर्णय भएको जानकारी गराएका हुन् । डाक्टरहरुले न्यूनतम ६५ हजार तलब हुनुपर्ने, २५ लाख रुपैयाँ बराबरको स्वास्थ्य र जीवन बीमा गर्नुपर्ने, कोरोना महामारीका बेला अस्पतालमा काम गरेपछि बस्नका लागि क्वरेण्टीनकाे व्यवस्था अस्पतालले नै गर्नुपर्ने लगायतका माग अघि सारेका छन् ।

अन्तिम अपडेट: चैत ११, २०८०

केसी लामिछाने

केसी लामिछाने पर्साका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया