पर्सामा एक जनामा मृत्युपछि कोरोना पुष्टि

 भदौ ९, २०७७ मंगलबार ९:२६:२८ | केसी लामिछाने
unn.prixa.net

पर्सा - पर्साका एक जना पुरुषमा मृत्युपछि कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

वीरगञ्जमा रहेको अस्थायी कोभिड विशेष अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएका पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

जिराभवानी गाउँपालिका वडा नम्बर ४ का ६८ वर्षीय पुरुषको आइत‍बार राति १० बजे ज्यान गएको थियो ।

 मृत्युपछि स्वाब संकलन गरिएकोमा हिजो बेलुकी कोरोना सङ्क्रमण भएको रिपोर्ट आएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीवास्तवले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

केसी लामिछाने

केसी लामिछाने पर्साका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया