एक गर्भवती र एक सुत्केरीको उद्धार गरी सोलुखुम्बुबाट काठमाण्डाै ल्याइयाे

 भदौ ९, २०७७ मंगलबार २१:७:३९ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – सोलुखुम्बुबाट एक गर्भवती र एक सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरी काठमाण्डौ ल्याइएको छ ।

बेहोस अवस्थामा रहेकी सोलुदूधकुण्ड नगरपालिका ७ गार्माकी २० वर्षीया गर्भवती विनिता लामिछाने र  माप्य दूधकोशी गाउँपलिका वाकुकी २३ वर्षीया सुत्केरी जेनिसा मगरको बच्चाको अवस्था नाजुक भएपछि हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला अस्पताल फाप्लुले जनाएको छ ।

राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत उद्धार गरिएको र उनीहरुको प्रसूति गृह थापाथलीमा उपचार भइरहेको अस्पतालका निमित्त प्रमुख शानी शेर्पाले जानकारी दिनुभयो ।

३३ हप्ताकी गर्भवती विनिता रक्तश्रावका कारण बेहोस हुनुभएको र जेनिसाको बच्चालाई श्वासप्रश्वासमा समस्या आएको अस्पतालले जनाएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रम लागू भएपछि सोलुखुम्बुबाट ११ गर्भवती तथा सुत्केरीको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया