नेपालगञ्जमा एकजना सङ्क्रमितकाे ज्यान गयाे

 भदौ १०, २०७७ बुधबार ८:५४:५५ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – कोरोना सङ्क्रमणाबट नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ का ३७ वर्षीय पुरुषको ज्यान गएको छ ।

छातीमा समस्या देखिएपछि भदौ ८ गते शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना हुनुभएका ती पुरुषको उपचारको क्रममा आज बिहान शिक्षण अस्पताल कोहलपुरमा ज्यान गएको हो । उपचारका क्रममा अवस्था गम्भीर भएपछि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा ज्यान गएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेठले बताउनुभयो ।

उहाँको स्वाब परीक्षण गरिएकोमा मंगलबार कोरोना भएको पुष्टि भएको थियो । योसँगै बाँकेमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ५ पुगेको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया