वीरगञ्जमा एकैदिन ६६ जना काेराेनामुक्त भएर घर फर्किए

 भदौ १०, २०७७ बुधबार २०:३३:० | केसी लामिछाने
unn.prixa.net

पर्सा – कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएर वीरगञ्जमा बुधबार ६६ जना घर फर्किएका छन् । वीरगञ्जको दुई वटा अस्थायी कोरोना अस्पतालमा उपचाररत ६६ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका हुन् । 

हेल्थ केयर र गण्डक अस्पतालमा उपचाररत विभिन्न उमेर समूहका ६६ जना बुधबार सङ्क्रमणमुक्त भएर घर फर्किएका हुन् । डिस्चार्ज भएका ६६ जनासहित पर्सामा अहिलेसम्म तीन सय ५० जना पुरुष र ९४ जना महिला गरी कुल चार सय ४४ जना काेराेनामुक्त भएका छन् ।

यसैबीच बुधबार थपिएका १९ जना सङ्क्रमितसँगै पर्सामा एक हजार पाँच सय ५९ पुरुष र चार सय ३९ महिला गरी अहिलेसम्म सङ्क्रमितको सङ्ख्या एक हजार नौ सय ९८ पुगेको छ । अब पर्सामा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार पाँच सय ५४ रहेकाे छ ।

यस्तै पर्सामा अहिलेसम्म १८ हजार चार सय ९१ जनाको स्वाब सङ्कलन गरिएकोमा एक सय ७५ जनाको मात्र रिपोर्ट आउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

केसी लामिछाने

केसी लामिछाने पर्साका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया