दाङ : तुलसीपुर इलाका प्रशासन कार्यालय र स्वास्थ्य चौकी सिल

 भदौ १०, २०७७ बुधबार २१:२२:१८ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङको इलाका प्रशासन कार्यालय तुलसीपुर र स्वास्थ्य चौकी सिल गरिएको छ ।

तुलसीपुर इलाका प्रशासन कार्यालयका चालकमा कोरोना सङ्क्रमण पुष्टि भएकाले सात दिनसम्म कार्यालय सिल गरिएको नगर प्रमुख घनश्याम पाण्डेयले जानकारी दिनुभयो ।

यस्तै तुलसीपुर उपमहानगरपालिका ११ को बेलटाकुरामा रहेको स्वास्थ्य चौकी पनि सिल गरिएको छ । स्वास्थ्य चौकीका कर्मचारीमा पनि कोरोना देखिएपछि  कार्यालय  सिल गरिएको प्रमुख पाण्डेयले जानकारी दिनुभयो ।

​समुदायस्तरमा कोरोना रिपोर्ट पोजेटिभ आएपछि तुलसीपुर उपमहानगरपालिकाको बुधबार बेलुकी बसेको आपत्कालीन बैठकले तत्काल कोरोना परीक्षणको दायरा बढाउने निर्णय गरेको छ ।

नगरप्रमुख पाण्डेले समुदायमा कोरोना परीक्षणको तत्काल प्रक्रिया अगाडि बढाइएको उल्लेख गर्दै सङ्क्रमणको अवस्था हेरेर लकडाउनको अवस्थामा हेरेफेर गरिने जानकारी दिनुभयो ।

उहाँँले सङ्क्रमणको  जोखिम भएकाले अत्यावश्यक काम बाहेक बाहिर ननिस्किन अपिल गर्नुभएको छ । 

बुधबार मात्रै तुलसीपुरका सात जनासहित दाङका १६ जनामा कोरोना पुष्टि भएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया