बुटवलमा थप एकजना कोरोना संक्रमित पुरुषको ज्यान गयो

 भदौ ११, २०७७ बिहिबार ८:५३:५७ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही - बुटवलको कोरोना विशेष अस्पतालमा थप एक जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । 

कपिलवस्तु नगरपालिका १ का ५० वर्षका पुरुषको उपचारको क्रममा गएराति ज्यान गएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डाक्टर बिष्णु गौतमले जानकारी दिनुभएको छ । 

मधुमेह, रक्तचापलगायत समस्या रहेका ती पुरुषको पीसीआर रिपाेर्ट पोजेटिभ आएपछि भदौ ५ गतेदेखि अस्पतालमा राखेर उपचार भइरहेको थियो । 

बुधबार बेलुका स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको भए पनि बचाउन नसकिएको अस्पतालले जनाएको छ ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा अहिलेसम्म ६ जना कोरोना संक्रमितको ज्यान गइसकेको छ । कपिलवस्तुका ३, रुपन्देहीका २ र प्यूठानका एकजना कोरोना संक्रमितको उपचारका क्रममा ज्यान गएको हो ।

अन्तिम अपडेट: चैत १५, २०८०

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया