बुटवलमा एक जना कोरोना सङ्क्रमितको ज्यान गयो

 भदौ १२, २०७७ शुक्रबार ११:१०:१० | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही– बुटवलमा रहेको कोरोना विशेष अस्पतालमा एक जना कोरोना सङ्क्रमित पुरुषको ज्यान गएको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ८ का ६० वर्षीय पुरुषको गएराति ज्यान गएको अस्पतालका फोकल पर्सन डाक्टर सुदर्शन थापाले जानकारी दिनुभयो ।

भेन्टिलेटरमा उपचाररत उनलाई गएको सात गते भर्ना गरिएको थियो । उनमा श्वासप्रश्वास र उच्च रक्तचापको समस्या रहेको थियो । बुटवलको कोरोना विशेष अस्पतालमा ३६ घण्टाको अवधिमा  तीन जना कोरोना सङ्क्रमितको ज्यान गइसकेको छ ।

योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक सय ८९ पुगेको छ । 

अन्तिम अपडेट: चैत २३, २०८०

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया