दाङमा आइतबारदेखि भदाै २१ गतेसम्म निषेधाज्ञा, पीसीआर जाँचलाई तीव्रता दिइने

 भदौ १२, २०७७ शुक्रबार १९:२५:५४ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङमा आइतबार राति १२ बजेदेखि एक हप्ताका लागि निषेधाज्ञा जारी गरिने भएको छ । शुक्रबार बसेको कोरोना सङ्कट व्यवस्थापन समितिको बैठकले समुदायस्तरमा कोरोना भाइरसका सङ्क्रमित फेला पर्न थालेपछि एक हप्ताका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

जिल्ला कोरोना सङ्कट व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । निषेधाज्ञाको अवधिमा पीसीआर जाँचलाई तीव्रता दिने र एक हप्तापछिको अवस्था हेरेर थप निर्णय लिइने समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी रिजालले जनकारी दिनुभयो ।

यसैबीच दाङको छिमेकी जिल्ला प्युठानमा समुदायस्तरमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि बिहीबार राति १२ बजेदेखि लागू हुने गरी एक हप्ताकाे लागि निषेधाज्ञा गरिएको छ ।  

अन्तिम अपडेट: बैशाख १, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया