पाल्पामा एक हप्ता थपियो निषेधाज्ञा, बिहान ११ बजेसम्म औषधि र खाद्यान्नलगायतका पसल खोल्न पाइने

 भदौ १२, २०७७ शुक्रबार २१:२६:३३ | देव पचभैया
unn.prixa.net

पाल्पा – पाल्पामा एक हप्ताका लागि निषेधाज्ञाको अवधि थपिएको छ । शुक्रबार दिउँसो प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले आउँदो १९ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थपेकाे हो ।  

यो निषेधाज्ञा अवधिमा औषधि पसल, खाद्यान्नलगायतका पसल बिहान ७ बजेदेखि ११ बजेसम्म खोल्न पाइनेछ । यसअघि ती पसल बिहान ७ बजेदेखि १० बजेसम्म मात्रै सञ्चालन हुँदै आएका थिए । 

यस निषेधाज्ञामा तानसेनका फेन्सी पसलसमेत सजकता अपनाएर सञ्चालन गर्न पाइनेछ । बैंक तथा वित्तीय संस्था सञ्चालनमा समेत रोक लगाइएको छ । 

अन्तिम अपडेट: चैत १०, २०८०

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया