पाल्पामा काेराेना सङ्क्रमित महिलाकाे ज्यान गयाे

 भदौ १२, २०७७ शुक्रबार २०:१८:१३ | देव पचभैया
unn.prixa.net

पाल्पा – पाल्पामा कोरोना भाइरस सङ्क्रमित एक महिलाको ज्यान गएको छ । तानसेनमा रहेको लुम्बिनी मेडिकल कलेजमा उपचारको क्रममा तानसेन ८ मदनपोखराकी ३० वर्षीया महिलाको ज्यान गएको मेडिकल कलेजले पुष्टि गरेको हो । 

गएको भदाै ७ गते कोरोना सङ्क्रमण देखिएपछि लुम्बिनी मेडिकल कलेजको आइसोलेशन वार्डमा उहाँको उपचार भइरहेको थियो । पहिलेदेखि नै  मुटुसम्बन्धी समस्या देखिएकी महिलामा कोरोनाको लक्षण देखिएपछि परीक्षणका लागि स्वाब भैरहवा प्रयोगशाला पठाइएको थियो । 

उपचारका क्रममा मुटुको समस्या बढ्दै गएपछि शुक्रबार बिहानदेखि भेन्टिलेटरमा राखेर उपचार थालिएकोमा बेलुकी उहाँकाे ज्यान गएकाे हो । 

ट्राभल हिस्ट्री नभएकी उहाँलाई कोरोना पुष्टि भएपछि बिहीबार उहाँका आफन्त र सम्पर्कमा आएकाको स्वाब परीक्षणका लागि भैरहवा पठाइएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । यसअघि कोरोना सङ्क्रमणबाट पाल्पामा एक पुरुषको ज्यान गएको थियो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया