सज्जा बनिन् तेस्रो नेपाल आइडल

 भदौ १२, २०७७ शुक्रबार २२:४:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाल आइडल सिजन-३ को विजेता सज्जा चौलागाईं बनेकी छिन् ।

फर्स्ट रनरअप प्रवीण बेडुवाल बने भने सेकेन्ड रनरअप किरणकुमार भुजेल बने । फाइनलमा सज्जा सँगै प्रवीण बेडवाल त किरण कुमार भुजेल पुगेका थिए । 

सज्जाले ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी छिन् ।  यसैगरी प्रवीणले १० लाख र किरणले पाँच लाख नगद प्राप्त गरेका छन् । 

आइडलका एक सदस्यमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापाले आइडलको घोषणा गरेका थिए । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया