सप्तरीमा कोरोना सङ्क्रमित महिलाको ज्यान गयो

 भदौ १४, २०७७ आइतबार ९:३७:२४ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – सप्तरीमा थप एक जना कोरोना सङ्क्रमित महिलाको ज्यान गएको छ ।

सप्तरीको राजविराज नगरपालिका वडा नम्बर-२ तेतरीगाछी निवासी ६५ वर्षीया एक महिलालाई गएराति गजेन्द्रनारायण सिंह अस्पतालबाट थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो ।

गएको शुक्रबार अस्पताल भर्ना भएकी महिलाको हिजो बेलुकी कोरोना पुष्टि भएको रिपोर्ट आएको गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रन्जितकुमार झाले जानकारी दिनुभयो । योसँगै सप्तरीमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या छ पुगेको छ । मृतकमध्ये ५ जना सप्तरीको सदरमुकाम राजविराजकै छन् भने एक जना रुपनी गाउँपालिकाका हुन् ।

लामो समयदेखिको निषेधाज्ञाका कारणले सप्तरीको जनजीवन कष्टकर बन्दै गएको छ । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया