डाक्टर र नर्ससहित नौ जनामा कोरोना सङ्क्रमण भएपछि राप्ती प्रादेशिक अस्पताल सिल

 भदौ १४, २०७७ आइतबार १३:५३:३५ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङको तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पताल सिल गरिएको छ ।

अस्पतालमा कार्यरत २ जना डाक्टरसहित ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पताल सिल गरिएको हो ।

राप्ती प्रतिष्ठान घोराहीमा गरिएको पीसीआर परीक्षणमा २ जना डाक्टर, २ जना नर्स, ३ जना स्वास्थ्यकर्मी र २ जना कार्यालय सहयोगीमा कोरोना पोजेटिभ देखिएको थियो ।

तुलसीपुर उपमहानगरपालिका कोभिड-१९ फोकल पर्सन बिमल केसीकाअनुसार गएको बिहीबार अस्पतालमा कार्यरत ५० जनाको स्वाब संकलन गरिएको थियो ।

ठूलो संख्यामा अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि अस्पताललाई नै सिल गरेर कन्ट्याक्ट ट्रेसिङ गर्ने तयारी गरेको अस्पतालका निमित्त प्रमुख डाक्टर पदमराज अधिकारीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत १९, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया