दाङमा उत्पादन भएको मास्क अमेरिका निर्यात

 भदौ १४, २०७७ आइतबार २०:४:५९ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङमा उत्पादन भएको मास्क विदेश निर्यात सुरु भएको छ । मास्कको उत्पादन गरेको महिला स्वरोजगार तालिम केन्द्रले अमेरिकामा मास्क पठाउन थालेको हो ।

महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको उद्यम विकास कार्यक्रमको आर्थिक सहयोग र लैङ्गिक पुनर्स्थापना केन्द्रको प्राविधिक सहयोगमा सञ्चालित महिला स्वरोजगार तालिम केन्द्रले उत्पादन गरेको तीन हजार मास्क अमेरिका पठाइएको छ । पहिलो पटक एक हजार मास्क तथा एक सय स्यानिटरी प्याड पठाइएकाे र अहिले फेरि माग भएअनुसार दुई हजार मास्क पठाइएकाे हाे । 

महिला स्वरोजगार तालिम केन्द्रले अहिलेसम्म ३२ हजार बढी मास्क उत्पादन गरेर दाङसहित छिमेकी जिल्ला र विदेश पठाएको छ ।

कोरोना भाइरसका कारण भएको लकडाउनको समयमा केन्द्रले उत्पादन गरेका मास्क सहयोगस्वरुप विभिन्न पालिकामा पठाइएको थियो । केन्द्रले उत्पादन गरेका मास्क विभिन्न मेडिकल तथा पसलले पनि बिक्रीका लागि लैजाने गरेको छ । केन्द्रले सिलाइ कटाइका लागि तालिम सञ्चालन गर्दै आएको छ ।  

अन्तिम अपडेट: बैशाख ४, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया