रुपन्देहीमा निषेधाज्ञा भदौ २० सम्म थप

 भदौ १४, २०७७ आइतबार १९:३१:२६ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही – रुपन्देहीमा निषेधाज्ञा भदौको २० गतेसम्म कायम रहने भएको छ ।

जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले रुपन्देहीमा जारी निषेधाज्ञा भदौको २० गते राति १२ बजेसम्म कायम राख्न सिफारिस गरेको छ । जिल्लामा सङ्क्रमणको दरको बढीरहेकाले निषेधाज्ञा कायम राख्न बैठकले सिफारिस गरेको हो । यसअघि जारी गरिएको निषेधाज्ञाको आदेश आइतबार राति १२ बजेसम्म कायम रहेको छ ।

पछिल्लो २४ घण्टामा रुपन्देहीमा ६१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । रुपन्देहीमा ८८० सङ्क्रमित छन् भने ९ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया