दाङमा एक हप्ताका लागि निषेधाज्ञा

 भदौ १५, २०७७ सोमबार ७:६:२० | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङमा गएरातिदेखि एक हप्ताका लागी निषेधाज्ञा जारी भएको छ । 

निषेधाज्ञा लागू भएपछि आज बिहानैदेखि सडक र बजार सुनसान भएको छ । 

कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि एक हप्ता निषेधाज्ञा लगाइएको दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजालले जानकारी दिनुभयो । 

निषेधाज्ञा भदौ २१ गते राति १२ बजेसम्म कायम रहनेछ । निषेधाज्ञा अवधिमा पीसीआर जाँच बढाउने र एक हप्तापछिको अवस्था हेरेर थप निर्णय हुने पनि प्रमुख जिल्ला अधिकारी  रिजालले जानकारी दिनुभयो ।


 

अन्तिम अपडेट: बैशाख २, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया