वीरगञ्जमा कोरोना सङ्क्रमणमुक्त भएर ३७ जना घर फर्किए

 भदौ १५, २०७७ सोमबार ७:२८:३ | केसी लामिछाने
unn.prixa.net

पर्सा - वीरगञ्जमा कोरोना सङ्क्रमणमुक्त भएर आइतबार बेलुका ३७ जना डिस्चार्ज भएका छन् । 

नारायणी अस्पतालको अस्थायी कोभिड अस्पताल गण्डक, वीरगञ्ज हेल्थ केयर, सामुदायिक आइसोलेशन सेन्टर र होम आइसोलेशनमा रहेकामध्ये पछिल्लो पटक ३७ जना कोरोनामुक्त भएका जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

योसँगै पर्सामा कोरोना सङ्क्रमणलाई जितेर घर फर्किनेको संख्या ६ सय ८४ पुगेको छ । जिल्ला प्रशासन कार्यालय पर्साकाअनुसार वीरगञ्जको २ वटा कोभिड अस्पतालमा ९८ जनासहित होम आइसोलेशनमा ९ सय ८४ जना सङ्क्रमित रहेका छन् ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

केसी लामिछाने

केसी लामिछाने पर्साका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया