कपिलवस्तुमा निषेधाज्ञा एक हप्ता थप

 भदौ १५, २०७७ सोमबार १८:३६:२० | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु – कपिलवस्तुमा कोरोना सङ्क्रमण तीव्र गतिमा फैलंदै गएका कारण निषेधाज्ञा एक हप्ता थप गरिएको छ । दैनिक कोरोना सङ्क्रमितहरुको संख्या बढीरहेका कारण निषेधाज्ञालाई निरन्तरता दिनुपरको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

बैंक तथा वित्तिय संस्थालाई भने कोरोना सङ्क्रमण नियन्त्रणका उपायहरु अपनाएर दैनिक १० बजे देखि १ बजेसम्म सञ्चालन गर्न अनुमति दिइएको छ ।  निषेधाज्ञा अवधिभर अति आवश्यक सेवाका पसल तथा सवारी साधन बाहेक सबै बन्द हुनेछन् । तरकारी र खाद्यान्न खरिदका लागि बिहान ८ बजे देखि १० बजेसम्मको समय तोकिएको छ ।

मेडिकल, पानी, दुध जस्ता वस्तुहरु बाहेक सबै पसल व्यवसाय बन्द गर्ने निर्णय गरिएको छ । दमकल, एम्बुलेन्स, शव बाहन, दुध, खानेपानीका गाडीहरु बाहेक अन्य सवै निजी तथा भाडाका सवारी साधानहरु सञ्चालनमा पूर्ण रोक लगाइएको छ । 

राजमार्ग भएर गुड्ने गाडीहरु जिल्लामा नरोकिने गरी भने चल्न पाउने छन् ।

जिल्लामा अहिलेसम्म एक हजार एक सय २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । जसमध्ये नाै सय ४१ जना निको भइसकेका छन् भने तीन जनाले ज्यान गुमाएका छन् ।


 

अन्तिम अपडेट: बैशाख ४, २०८१

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया