सिन्धुपाल्चोक लिदी पहिरो : मामाघर गएका युवकको शव भेटियो

 भदौ १६, २०७७ मंगलबार १८:४०:४ | किरण थापा
unn.prixa.net

सिन्धुपाल्चोक – जुगल गाउँपालिका २ काे लिदी पहिरोमा बेपत्ता भएका १७ वर्षीय युवाको शव मङ्गलबार भेटिएको छ ।

जुगल ३ बाट लिदी मामाघर गएका १७ वर्षीय सुभाष तामाङको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । योसँगै लिदी पहिरोमा पुरिएका ३७ जनाको शव भेटिएको छ । लिदी पहिरोमा ३९ जना बेपत्ता भएका थिए । बाँकी दुई जनाको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

बेपत्ताको खोजीका लागि सशस्त्र प्रहरी, सेना र स्थानीय लागिपरेका छन् । 

लिदीमा पहिरो गएको दुई हप्ताभन्दा बढी भइसकेको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

किरण थापा

किरण थापा सिन्धुपाल्चाेकका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया