भैरहवामा कोरोना सङ्क्रमित एक महिलाको ज्यान गयो

 भदौ १७, २०७७ बुधबार ८:५३:७ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही – रुपन्देहीको भैरहवामा कोरोना सङ्क्रमित महिलाको ज्यान गएको छ ।

भीम अस्पताल भैरहवामा नवलपरासीको रामग्राम नगरपालिका ५ की ६५ वर्षीया महिलाको गएराति ज्यान गएको अस्पतालका सूचना अधिकारी डाक्टर नारायण पोखरेलले जानकारी दिनुभयो ।

मधुमेह र उच्च रक्तचापको समस्या भएकाले अस्पतालको आईसीयूमा राखेर उहाँको उपचार भइरहेको थियो । कोरोना पुष्टि भएपछि उहाँलाई भदौ १५ गते अस्पतालको आइसोलेशनमा भर्ना गरिएको थियो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया