वीरगञ्जमा काेराेना सङ्क्रमित ९७ वर्षीय वृद्धकाे ज्यान गयाे

 भदौ १७, २०७७ बुधबार १०:४०:३८ | केसी लामिछाने
unn.prixa.net

पर्सा – वीरगञ्जमा बाराको सम्रौनगढ नगरपालिका–९ बसबरियाटोल बस्ने ९७ वर्षीय वृद्धको काेराेनाका कारण ज्यान गएको छ । उहाँको नारायणी अस्थायी कोभिड अस्पताल गण्डकमा बिहान १ बजे ज्यान गएको अस्पतालका संयोजक डा. उदयनारायण सिंहले बताउनुभयो ।

उहाँकाे भदौ १२ गते स्वाब संकलन गरेको दुई दिनपछि पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । त्यसलगत्तै भदौ १४ गते अस्थायी कोभिड अस्पताल गण्डकमा उहाँलाई भर्ना गरिएको थियो । पाको उमेर साथै विभिन्न दीर्घरोगका कारण उहाँलाई हरसम्भव प्रयास गर्दा पनि बचाउन नसकिएको  डा. सिंहकाे भनाइ छ ।

ती वृद्धमा मुटु रोगी र दमको समस्या साथै उच्च रक्तचापको समेत समस्या रहेकाे अस्पतालले जनाएकाे छ ।

योसँगै पर्सामा कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेकाे सङ्ख्या  ५५ पुगेको छ ।  ज्यान गुमाएका ५५ जनामध्ये पर्साका ३९ जना, बाराका १२ जना र रौतहटका ४ जना छन् । दुई जनाको ठेगाना भने खुलेको छैन ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

केसी लामिछाने

केसी लामिछाने पर्साका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया