बुटवलमा कोरोना सङ्क्रमणबाट ७० वर्षीया महिलाको ज्यान गयो

 भदौ १७, २०७७ बुधबार १३:१४:२८ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु – कोरोना सङ्क्रमणका कारण उपचाररत कपिलवस्तुकी ७० वर्षीया महिलाको बुटवलमा आज ज्यान गएको छ ।  

कृष्णनगर नगरपालिका वडा नं. ११ की ७० वर्षीया महिलाको ज्यान गएको कृष्णनगर नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । भदौ ७ गते उहाँलाई कोरोना पोजेटिभ देखिएपछि उपचारका लागि बुटवलमा रहेको प्रादेशिक अस्पतालमा लगिएको थियो ।

स्वास प्रश्वासमा समस्या देखिएपछि उहाँको लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्थायी अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको थियो । उपचारकै क्रममा आज बिहान सवा ९ बजे उहाँको ज्यान गएको स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले बताउनुभयो । 

मृतक महिलामा ज्वरो, स्वास–प्रश्वास समस्या र उच्च रक्त रक्तचापको समस्या रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।    
 

अन्तिम अपडेट: चैत १४, २०८०

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • माधव घिमीरे

    Sept. 2, 2020, 1:35 p.m.

    ७० हाेइन ६० बर्षिय महिला हुनुन्छ उहाँ

  •  0 Reply

तपाईको प्रतिक्रिया