जनशक्ति अभावमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयू प्रयोग विहीन

 भदौ १७, २०७७ बुधबार १३:३५:४३ | हेमराज शर्मा
unn.prixa.net

दाङ – तामझामका साथ उद्घाटन गरिएको दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयू प्रयोग विहीन अवस्थामा रहेकाे छ ।

बैशाख ३१ गते प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेलले तामझामकासाथ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवनिर्मित आइसीयू कक्षको उद्घाटन गर्नुभएको थियो । दाङसहित छिमेकी जिल्लाका बिरामीलाई सहज सेवा दिने उद्देश्यले स्थापना गरिएको आईसीयू अहिले सम्म प्रयोग भएको छैन ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ मात्रको नभइ छिमेकमा रहेका पहाडी जिल्लाहरुको समेत पायक पर्ने अस्पताल हो । यहाँ दाङसहित रोल्पा, प्यूठान, सल्यान, रुकुमबाट समेत बिरामी उपचारका लागि आउने गर्छन् । यहाँ आउने गम्भीर प्रकृतिका बिरामी र उनका आफन्तलाई सहज होस् भन्ने उद्देश्यले १० बेडको आइसीयू स्थापना भएको हो । तर प्रतिष्ठानको आईसीयू प्रयोग नहुँदा यहाँका बिरामीहरुलाई बुटवल, नेपालगञ्ज वा काठमाण्डौ रेफर गर्नुु परेकाे छ ।

प्रतिष्ठानले आईसीयू सञ्चालन हुन नसक्नुमा सरकारलाई दोष दिन्छ । आईसीयू सञ्चालनका लागि आवश्यक जनशक्ति नभएको र त्यो जनशक्ति जुटाउन सरकारले सहयोग गर्नु पर्ने प्रतिष्ठानको भनाइ छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया