कुवेतबाट परदेशीको एउटै प्रश्न : पर्खाइ कहिलेसम्म ?

 भदौ १८, २०७७ बिहिबार १८:२९:२० | मेरो कथा मेरो भोगाई

गगन सिंह बिष्ट दार्चुला/हाल कुवेत

नागरिकको भोक पेटको छट्टपटाई

सडकमा परदेशीहरु उद्धारको परर्खाइमा परदेशमा

किसान मलको पखाइमा गरिब बासको पर्खाईमा

युवा रोजगारीको पर्खाईमा

प्यासीहरु पनि छन् शुद्व पानीको पर्खाइमा

कोही उज्यालोको पर्खाइमा 

अनि,

क्रान्तिकारीको आन्नद बगैंचामा फूलहरुसँग पिरती लगाउँदै छन्

त्यो पनि अजम्बरी माया पाउन एउटा किसान मल खोज्न दौडिरहेछ

दूध पाउने आशमा बालकझैं रोईरहेछ

सडकमा समृद्ध देशको सपना देखाउनेहरु डण्डीबियोको प्रतिस्पर्धामा उत्रेका छन्

थाहै छैन के दिंदैछ जनयुद्वले

बिगतको त्यो जनक्रान्तिले

पुस्ताले जोगाएको देशमा माफियाको चहलपहल

स्वार्थीहरुको गद्दिको रजाइँ

न्यायको केनबेच समृद्धिका वचनहरुको व्यापार

अपराधीको माया, गुण्डाराजको दोस्ती

खै के पाउँदैछ क्रान्तिले के दिँदैछ जनयुद्धले

यो सबै के उपहार भनेर ग्रहण गर्छन् नागरिकले

 आज रगतको होली खेलेको बिगत सम्झेर

कि नागरिक मात्र प्रयोगशाला हो भनेर कि जिन्दगी

कसैका लागि मरण हो भनेर

कि यस्तै भविष्य हो भनेर

भोका नागरिकको भोगाई कसरी बर्णन गर्छ

त्यो जनक्रान्तिले त्यो जनयुद्धले

यस्तै,

आज हजारौं हजार प्रश्नको उत्तर बाटा खोजेर

एउटै प्रश्न छ के दिँदैछ

त्यो जनयुद्धले कसरी दिँदैछ

त्यो जनक्रान्तिले

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया