रुपन्देहीमा थप ३ कोरोना सङ्क्रमितको ज्यान गयो

 भदौ १९, २०७७ शुक्रबार १४:१५:१ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही – रुपन्देहीमा शुक्रबार थप तीन जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । सिद्धार्थ नगरपालिका ८ का ४५ वर्षीय पुरुषको होम आइसोलेशनमा र सिद्धार्थ नगरपालिका ७ का ६४ वर्षीया महिलाको उपचारका क्रममा ज्यान गएको हो । 

ती महिलाको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकल पर्सन केदारनाथ शाहले जानकारी दिनुभयो । 

यसअघि बिहान कोरोना विशेष अस्थायी अस्पतालमा उपचारका लागि भर्ना भएका बुटवल उपमहानगरपालिका ८ का ७८ वर्षीय वृद्धको ज्यान गएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डाक्टर विष्णु गौतमले जानकारी दिनुभयो । 

श्वासप्रश्वासमा समस्या देखिएपछि गएको ४ गतेदेखि अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना हुनु भएकी उहाँको ९ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । 
 

अन्तिम अपडेट: चैत २३, २०८०

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया