पाल्पाको निषेधाज्ञा शनिबारदेखि सकिंदै, अन्तर जिल्लामा कडाइ गरिने

 भदौ १९, २०७७ शुक्रबार १७:२७:३१ | देव पचभैया
unn.prixa.net

पाल्पा – पाल्पामा जारी निषेधाज्ञा शनिबारदेखि सकिने भएको छ । 

गएको ४ गते प्रमुख जिल्ला अधिकारीबाट जारी गरिएको निषेधाज्ञाको अवधि  शुक्रबार राति १२ बजे सकिने भएपछि शुक्रबार सम्पन्न कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण जिल्ला समितिको बैठकले निषेधाज्ञा हटाउने निर्णय गरेको हो । बैठकले सीमा नाकामा कडाइ गरी जिल्लाभित्र निश्चित मापदण्ड पुरा गरी आन्तरिक गतिविधि खुला गर्ने निर्णय भएको छ । 

निषेधाज्ञा सकिए पनि सार्वजनिक यातायातका साधन भने सञ्चालन हुने छैनन् । पाँच सय ८९ कोरोना सङ्क्रमित रहेको पाल्पामा अहिले २४ जना सक्रिय सङ्क्रमित छन् ।  १९ जना कोरोना सङ्क्रमित आइसोलेशनमा रहेका र पीसीआर परीक्षणका लागि  ५ सय बढीको स्वाब पठाए पनि नतिजा नआएको स्वास्थ्य कार्यालय, पाल्पाले जनाएको छ ।  

सङ्क्रमितमध्ये ५ सय ६१ जना निको भएर घर फर्किएका छन् । कोरोना सङ्क्रमणबाट पाल्पामा २ जनाको ज्यान गएको छ । 
 

अन्तिम अपडेट: चैत २३, २०८०

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया