रुपन्देहीमा कोरोना सङ्क्रमणबाट दुईजनाको ज्यान गयो

 भदौ २०, २०७७ शनिबार ८:५५:१८ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही – रुपन्देहीका थप दुईजना कोरोना सङ्क्रमितको ज्यान गएको छ । बुटवलको कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका दुईजनाको ज्यान गएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनुभयो ।

नवलपरासीको प्रतापपुर गाउँपालिका–२ का ३७ वर्षीया महिलाको आज बिहान ६ बजे र बुटवल–११ का ४० वर्षीय पुरुषको गएराति ११ बजे ज्यान गएको उहाँले बताउनुभयो । नवलपरासीकी महिला भदौ १७ गते र बुटवलका पुरुष भदौ १५ गते अस्पतालमा भर्ना भएका थिए ।

ज्वरो र स्वासप्रस्वासको समस्या देखिएपछि दुवै जनाको भेन्टिलेटरको सहायतामा आईसीयूमा उपचार भइरहेको थियो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया