सोलुखुम्बु : अत्याधिक रक्तश्रावका कारण सुत्केरीको ज्यान गयो

 भदौ २०, २०७७ शनिबार १६:२०:१८ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा धेरै रगत बगेर एक जना सुत्केरीको ज्यान गएको छ । 

अत्याधिक रक्तश्रावका कारण महाकुलुङ गाउँपालिका वडा नम्बर ३ की २८ वर्षीया रबिमाया कुलुङको ज्यान गएको गाउँपालिका स्वास्थ्य संयोजक हरि आचार्यले जानकारी दिनुभयो । 

राति २ बजे छेस्काम स्वास्थ्य चौकीमा छोरी जन्माएकी कुलुङको रक्तश्राव नरोकिएपछि प्राथमिक स्वास्थ्य केन्द्र सोताङ लैजाँदै गर्दा बाटैमा ज्यान गएको हो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया