पाल्पामा जीपको ठक्करबाट पैदलयात्रीको ज्यान गयो

 भदौ २०, २०७७ शनिबार २०:६:३७ | देव पचभैया
unn.prixa.net

पाल्पा - जीपको ठक्करबाट पाल्पामा पैदलयात्रीको ज्यान गएको छ । शनिबार दिउँसो रम्भा गाउँपालिका-५ मुडुलिचौपारीमा भएको दुर्घटनामा स्थानीय ६० वर्षीय भुपाल सिंह राना मगरको ज्यान गएको हो । 

जिल्ला प्रहरी कार्यालय, पाल्पाकाअनुसार आर्यभञ्याङ रामपुर सडकखण्डमा आर्यभञ्याङबाट खाद्यान्नको सामान लिएर रामपुरका लागि छुटेको ना ३ च ८८०८ नम्बरको बलेरो जीप अनियन्त्रित भएर पैदलयात्री रानालाई ठक्कर दिएको थियो । 

जीपको ठक्कर बट गम्भीर घाइते भुपाल सिंहको उपचारका लागि प्राथमिक केन्द्र ताहँमा उपचारका क्रममा ज्यान गएको हो ।  चालकलाई नियन्त्रणमा लिएर घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: फागुन २८, २०८०

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया