बिरामीमा कोरोना पुष्टि भएपछि पाल्पा अस्पताल सिल

 भदौ २१, २०७७ आइतबार २०:४७:२१ | देव पचभैया
unn.prixa.net

पाल्पा – अस्पतालमा उपचाररत बिरामीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि अस्पताल पाल्पा सिल गरिएको छ । 

गएको एक हप्ता अघिदेखि अस्पतालमा भर्ना भइ उपचार गराइरहेकी तानसेन ११ की ८२ वर्षीया वृद्धामा सङ्क्रमण पुष्टि भएपछि आकस्मिक सेवा बाहेक सबै सेवा आइतबार बेलुकीदेखि नै बन्द गरिएको  स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । 

पाल्पामा आइतबार १६ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । योसँगै पाल्पामा कोरोना सङ्क्रमितको सङ्ख्या ६ सय ६ पुगेको छ । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया