कास्कीमा पहिरोले घर पुरिँदा एक जनाको ज्यान गयो

 भदौ २३, २०७७ मंगलबार १६:५:२३ | सुमन गुरुङ
unn.prixa.net

कास्की – रुपा गाँउपालिका ६ मा पहिरोले घर पुरिँदा एक जनाको ज्यान गएको छ । 

बराहथोकका काजीबहादुर विकको घर पहिरोले पुर्दा उहाँकी २० वर्षीया छोरी सिर्जना विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास हमालले जानकारी दिनुभयो ।  

सोमबार रातिदेखि परेको पानीका कारण मङ्गलबार बिहान ४ बजेतिर विकको घर पहिरोले पुरिएको हमालले बताउनुभयो । 

पहिरो आएको थाहा पाएर घरका अरु सदस्य भने घर बाहिर निस्किन सफल भएकोले उनीहरु सकुशल रहेको उहाँको भनाइ छ । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया