सुशान्त सिंह प्रकरण : अभिनेत्री रिया चक्रवर्ती पक्राउ

 भदौ २३, २०७७ मंगलबार १६:५०:१० | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – बलिवुड अभिनेत्री रिया चक्रवर्तीलाई नार्काेटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले पक्राउ गरेको छ ।

अभिनेता सुशान्त सिंहको मामिलामा लागुऔषधको विषय देखिएपछि गएको केही दिनदेखि एनसीबीले उनीसँग सोधपुछ गरिरहेको थियो । रियाका भाइ शौविक चक्रवर्तीलाई एनसीबीले यसअघि नै पक्राउ गरिसकेको छ । 

गएको ५ सेप्टेम्बरमा शौविक चक्रवर्ती र सुशान्त सिंह राजपूतका व्यवस्थापक रहेका स्यामुएल मिरान्डालाई एनसीबीको टिमले पक्राउ गरेको थियो ।  

बलिवुड अभिनेता सुशान्त सिंह राजपूतको मृत्युको विषयमा यो तेस्रो पक्राउ हो ।   

सुशान्तको मृत्युको विषयमा सीबीआईले जाँच गरिरहेको छ तर रियालाई एनसीबीले लागुऔषध लेनदेनको विषयमा पक्राउ गरेको हो ।  

सुशान्त सिंह राजपूतकाे मृत्यु प्रकरणकाे जाँच तीन केन्द्रीय एजेन्सीले गरिरहेका छन् । पैसाकाे लेनदेनकाे विषयमा ईडी, मृत्युकाे विषयमा सीबीआई र लागुऔषधसँग जाेडिएकाे मामिलाकाे जाँच एनसीबीले गरिरहेकाे छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया