सोलुखुम्बुमा कोरोना सङ्क्रमितको उपचार सुरु

 भदौ २४, २०७७ बुधबार ११:५९:५३ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - सोलुखुम्बुमा पनि कोरोना सङ्क्रमितलाई आइसोलेशनमा राख्न थालिएको छ । 

यसअघि सङ्क्रमण पुष्टि भएपछि अन्यत्र पठाउने गरेकोमा अब लक्षण नदेखिएका सङ्क्रमितलाई जिल्लाकै आइसोलेशनमा राखेर हेरचाह तथा सामान्य उपचार गर्न थालिएको जिल्ला अस्पताल फाप्लुकी निमित्त प्रमुख सानी शेर्पाले जानकारी दिनुभयो । 

हिजो सङ्क्रमण पुष्टि भएकी एक युवतीलाई फाप्लुमै राखिएको छ । सोलुखुम्बुमा अहिलेसम्म तीन सय ६९ जनाको स्वाब सङ्कलन गरेकोमा आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।


 

अन्तिम अपडेट: चैत १४, २०८०

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया