डोटीमा रक्सी ओसार्दै गरेको जीप प्रहरी नियन्त्रणमा

 भदौ २४, २०७७ बुधबार १२:५८:२ | विमल बिष्ट
unn.prixa.net

डाेटी – निषेधाज्ञाको समयमा लुकीछिपी रक्सी ओसार्दै गरेको अवस्थामा प्रहरीले बुधबार बिहान एक जीप नियन्त्रणमा लिएको छ ।

दिपायल पिपल्लामा रहेको देउवा ट्रेडर्स एण्ड सप्लायर्सको से १ च १९२४ नम्बरको जीप रक्सी बिक्रीका लागि गाउँ लैजाँदै गरेको अवस्थामा पक्राउ परेको हो । जीफमा ३५ पेटी लिची नामक रक्सी रहेको प्रहरीले जनाएको छ । रक्सीसहित जीप इलाका प्रहरी कार्यालय दिपायलमा राखिएको इलाका प्रहरी प्रमुख तथा प्रहरी नायब निरीक्षक रमेशबहादुर शाहीले बताउनुभयो । 

कोरोनाका कारण डोटी जिल्लामा निषेधाज्ञा जारी गरिएको समयमा यहाँका जीप चालकले गाउँ घरमा लुकीछिपी रक्सी ओसार्दै गरेको पाइएपछि प्रहरीले जाँचमा कडाइ गरेको छ । 

गाउँमा दिनहुँ रक्सी बिक्री वितरण हुन थालेपछि पछिल्लो समय मदिराका कारण विभिन्न खालका अपराध पनि बढ्न थालेको प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: चैत ११, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया