सुशान्त सिंह प्रकरणमा रिया चक्रवर्तीलाई मिडियाले अपमान गरे : एम्नेस्टी इण्डिया

 भदौ २५, २०७७ बिहिबार १९:१५:२१ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अभिनेता सुशान्त सिंह राजपूतकाे मृत्यु प्रकरणमा रिया चक्रवर्तीमाथि मूलधारका मिडियाकाे उपस्थिति (कभरेज) लाई लिएर एम्नेस्टी इण्डियाले कडा आपत्ति जनाएकाे छ । 

मानव अधिकारकाे क्षेत्रमा काम गर्ने संस्था एम्नेस्टीका कार्यकारी निर्देशक अविनाक कुमारले एक विज्ञप्ति निकाल्दै भनेका छन्, 'न्यायकाे लागि निष्पक्ष ट्रायल सबैभन्दा जरुरी छ । अभियुक्तकाे याे अधिकार खाेस्नु भनेकाे एक पीडितमाथि गरिएकाे अन्याय जस्तै हाे ।'

जसरी केही व्यक्ति, विशेषगरी रिया चक्रवर्ती र उनका परिवारका सदस्यलाई मिडिया च्यानलले अपमान गर्नु सरासर गलत हाे । 

'मिडिया एजेन्सीले निश्चित रुपमा न्याय तन्त्रलाई जवाफदेही बनाउन भूमिका खेल्नुपर्छ तर त्याे एक निष्पक्ष र प्रभावी कानुन प्रक्रियाकाे विकल्प बन्न सक्दैन', एम्नेस्टीकाे विज्ञप्तिमा भनिएकाे छ । 

निष्पक्ष परीक्षण भारतीय संविधानअनुसार प्रत्येक नागरिककाे अधिकार भएकाे एम्नेस्टीले बताएकाे छ । 

एम्नेस्टीका कार्यकारी निर्देशक कुमार भन्छन्, 'रिया चक्रवर्तीलाई लिएर कैयाैँ महिला विरोधी टिप्पणी गरिएकाे छ, मिडियामा लेख लेखिएकाे छ, अफवाह फैलाइएकाे छ । याे विषयकाे कभरेजले ठूलाे सङ्ख्यामा दर्शकलाई आकर्षित गरेकाे छ, जसकाे परिणामस्वरूप रियाविरुद्ध अनलाइन हिंसा भइरहेकाे छ । यसले एक पीडितलाई न्यायबाट टाढा पुर्‍याउँछ र अभियुक्तलाई निष्पक्ष ट्रायलबाट । याे कसैकाे लागि पनि उचित हैन ।'

सुशान्त सिंह राजपूतकाे निधनसँग जाेडिएकाे लागुऔषध लेनदेनकाे विषयमा पक्राउ परेकी अभिनेत्री रिया चक्रवर्तीलाई २२ सेप्टेम्बरसम्म न्यायिक थुनुवा कक्षमा पठाइएकाे छ । रियालाई एनसीबीले गएकाे ८ सेप्टेम्बरमा पक्राउ गरेकाे थियाे । 

रियाका भाइ शौविक चक्रवर्ती और सुशान्त के पूर्व म्यानेजर स्यामुएल मिरान्डालाई एनसीबीले यसअघि नै पक्राउ गरिसकेकाे छ । 

सुशान्तकाे निधनकाे विषयमा सीबीआईले जाँच गरिरहेकाे छ तर रियालाई एनसीबीले लागुऔषध लेनदेनकाे विषयमा पक्राउ गरेकाे हाे । 

याे घटनामा कालाे धनलाई वैध बनाएकाे विषयमा प्रवर्तन निर्देशनालयले जाँच गरिरहेकाे छ । सुशान्त प्रकरणकाे जाँच तीन वटा एजेन्सीले गरिरहेका छन् ।  

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया