पश्चिम अफ्रिकाका केही देशमा पछिल्लो दुई सय वर्षयताकै धेरै गर्मी
बैशाख ६, २०८१ बिहिबार
कविता
चुनावताका घरघर पुग्ने सरकारको अहिले नाक मुख देखिँदैन
आजित अनि निराश छन् नागरिक कसैको अनुहार हँसमुख देखिँदैन ।
चुनावी घोषणापत्रमा नेपाललाई स्विजरल्याण्ड बनाइने सपना देखाइयो
के ती सबै नारा चुनाव जितेर कुर्सीमा टाँसिएर बस्न मात्रै लेखाइयो ?
कोरोनाको महामारीमा काम गरेर खान्छु भन्दा पनि खान पाइँदैन
हामीले तिरेको कर यस्तो विपत्तिमा हामीलाई किन चाहिँदैन ?
मजदुर र विपन्नका आँखाबाट खसेका आँसु सरकार किन देख्दैन
नदेखेको झैँ गर्दैछ सरकार कि साँच्चै आँखा नै देख्दैन ?
कि काम देऊ कि खान देऊ भन्दा पनि सरकार हिरा मागे झैँ गर्छ
अनि सरकार भाषणै पिच्छे भन्छ, जनावर त भोकले मर्दैन मान्छे के मर्छ ।
सुरक्षाका मापदण्ड अपनाउँदै केही प्रावधानहरु हटाइदिए कति जाती हुन्थ्यो
हामी भोकै मर्ने अवस्थामा पुगेर हो नत्र रुन कसलाई मन थियो ।।
सरकार छ कि छैन भनेर थाहा पाउन चुनाव नै कुर्नुपर्ने किन ?
एकचोटि हैन दुईचोटि हैन सधै धुरुधुरु रुनुपर्ने नै किन ?
सपना नै देख्न नहुनेले ‘समृद्ध नेपाल सुखी नेपाली’ को सपना देखिएछ
यसपालि चाहिँ केही हुन्छ भन्दै नेताको पछिपछि व्यर्थै कुदिएछ ।।
गफ पेलेरै हुने भए हामी उहिल्यै जहाज र रेल चढिसक्थ्यौँ
भान्सासम्म आइपुगेको ग्यासको पाइपमा खाना बनाइ सक्थ्यौँ ।
साँच्चै निमुखा र वास्तविक पीडितको अनुहार कहिले हेरिन्छ
जुन जोगी आए पनि कानै चिरेका भन्ने उखान कहिले फेरिन्छ ?
उज्यालाेमा कार्यरत दामोदर न्याैपाने समसामयिक विषयमा कलम चलाउनुहुन्छ ।