सनराइज बैंकका ग्राहकलाई ८० भन्दा बढी अस्पतालमा विशेष छुट

 साउन २४, २०७५ बिहिबार ७:४६:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - सनराइज बैंकले आफ्ना ग्राहकहरुलाई स्वास्थ्य बीमा योजना अन्तर्गत देशभरका ८० भन्दा बढी निजी अस्पतालहरुसँग सम्झौता गरेको छ । बैंकका ग्राहकहरुले स्वास्थ्य परीक्षण गराउँदा ५ प्रतिशत देखि २० प्रतिशत सम्म विशेष छुट पाउन सक्नेगरी सम्झौता भएको बैंकले जनाएको छ ।

बैंकका अनुसार सबै ग्राहकले स्वास्थ्य सुविधा पाउन् भन्ने उदेश्यले अरु निजी अस्पतालहरुसँग समेत सम्झौताको तयारी भैरहेको छ । तोकिएका अस्पतालहरुमा छुट पाउनका निम्ति ग्राहकहरुले बैंकको भिसाकार्ड डेविट वा क्रेडिट कार्ड० देखाउनु पर्नेछ ।  बैंकले १ वर्ष सम्मको लागि भिसाकार्ड निःशुल्क प्रदान गरेको छ । 

यसै क्रममा बैंक र मनमोहन मेमोरियल सामुदायिक अस्पतालबीच स्वास्थ्य उपचारमा १० प्रतिशत छुट प्रदान गर्ने सम्झौता भैसकेको छ । तोकिएको अस्पतालमा भर्ना भई औषधोपचार गर्दा ग्राहकहरुले बैंकबाट १ लाख सम्मको स्वास्थ्य बीमा सुबिधा तथा ५ लाखसम्मको दुर्घटना बीमा सुबिधा समेत प्राप्त गर्न सक्ने तथा यी सबै बीमा सुबिधाहरु बैंकका ग्राहकहरुले निःशुल्क प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया