पर्वतको फलेवासमा पहिरो : एक बालिकाको ज्यान गयो, तीन जनाको उद्धार

 भदौ २९, २०७७ सोमबार १०:८:८ | सन्तोष थापा
unn.prixa.net

पर्वत - पर्वतको फलेवास नगरपालिका-४ मुडिकुवामा पहिरोले घर पुर्दा एक बालिकाको ज्यान गएको छ । 

नवीन विकको घर पहिरोले पुर्दा उहाँकी दुई वर्षकी छोरी निकिताको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । 

पहिरोमा बेपत्ता बिकको घरभन्दा एक मिटर तल शव भेटिएको हो । पहिरोमा परेका ४ जनामध्ये तीनजनाको उद्धार गरिएको पर्वतका प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले जानकारी दिनुभयो । पहिरोले दोबिल्ला फलेवास सडकमा समेत क्षति गरेको छ । 

थानेश्वर भुषाल, रामप्रसाद तिवारीको गोठमा पनि पहिरोले क्षति गरेको वडाध्यक्ष टिकाराम गौँडेलले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया