विद्युत मर्मत गर्दा पोलबाट खसेर एक जनाको ज्यान गयो

 भदौ ३०, २०७७ मंगलबार ८:५८:५६ | सन्तोष थापा
unn.prixa.net

पर्वत - विद्युत मर्मत गर्दा पोलबाट खसेर पर्वतमा एक जनाको ज्यान गएको छ ।

विद्युत प्राधिकरण कुश्मा वितरण शाखामा कार्यरत भोलाराम शर्माको पोलबाट खसेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले जानकारी दिनुभयो । 

बाग्लुङका रामरेखा भएका शर्मा पर्वतको कुश्मा नगरपालिका वडा नम्बर ७ खरेहामा विद्युत् मर्मत गर्दा पोलबाट खस्नुभएको थियो । उहाँलाई उपचारका लागि पर्वत अस्पताल लगिएको थियो । शर्मा विद्युत् इलेक्ट्रिसियन तेस्रो तहमा कार्यरत हुनुहुन्थ्यो ।

अन्तिम अपडेट: चैत ९, २०८०

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया