दोलखामा असाेज ७ गतेदेखि विद्यालय खुल्ने

 भदौ ३०, २०७७ मंगलबार १८:४८:४ | उषा तामाङ
unn.prixa.net

दोलखा – लामो समयदेखि बन्द रहेका दोलखाका विद्यालयहरु आउँदाे असोज ७ गतेदेखि खुल्ने भएका छन् । मङ्गलबार जिल्लाका सबै जनप्रतिनिधिहरुको उपस्थितिमा भएको बैठकले असोज ७ गतेदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो । 

बैठकमा दोलखा जिल्लाका सम्पूर्ण पालिकामा कोरोना भाइरस रोकथामका लागि स्वास्थ्य सुरक्षाका मापदण्डहरु अपनाउँदै प्राथमिक तहका सिकाइ केन्द्रहरुमा सिकाइ सहजीकरण गर्ने र आधारभूत तथा माध्यमिक तहका विद्यालयहरुमा असाेज ७ गतेदेखि पठनपाठन सञ्चालन गर्ने निर्णय भएको हो ।

जिल्ला समन्वय समिति दोलखाका प्रमुख तथा जिल्ला शिक्षा समिति दोलखाका अध्यक्ष डबल पाण्डेको अध्यक्षतामा भएको बैठकमा पालिकाका प्रमुखसहित प्रमुख जिल्ला अधिकारी रमेश शिवाकोटी, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो । 

अन्तिम अपडेट: चैत ३०, २०८०

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया