सोलुखुम्बु : महाकुलुङ गाउँपालिकामा पहिराेले एक घर पुरियाे, चार घर जोखिममा

 असोज १, २०७७ बिहिबार २०:४१:३९ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – वर्षासहितकाे पहिराेलाे सोलुखुम्बुको महाकुलुङ गाउँपालिका २ काे नाजिङमा एक घर पुरेकाे छ भने चार घर जोखिममा परेका छन् । बिहीबार बिहान गएको पहिरोका कारण स्थानीय जीत कुविर राईको ढुङ्गा–माटोले बनेको दुई तले घर पुरिएको सोलुखुम्बु प्रहरीले जनाएको छ । 

प्रहरी निरीक्षक(इन्स्पेक्टर) महेन्द्र दर्नालका अनुसार घर माथिबाट आएको पहिरोले घर बगाउँदा घरभित्र भएका सम्पूर्ण सामानसहित एउटा सुँगुरसमेत पुरिएको छ । पाँच जनाको परिवार बस्दै आएको घर पहिरोले पुरे पनि पाँचै जना भागेर ज्यान बचाउन सफल भएका छन् । 

पहिरोका कारण स्थानीय जसवीर राई, हर्कजित राई, भीम कुविर राई र रामकुमार राईको घर जोखिममा परेको छ । उनीहरुलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको प्रहरीले जनाएको छ ।  

अन्तिम अपडेट: चैत १४, २०८०

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया