भोलि बेलुकीदेखि पानी पर्ने क्रम बढ्ने

 असोज ४, २०७७ आइतबार ८:२८:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भोलि बेलुकीदेखि पानी पर्ने क्रम बढ्ने मौसमविद्ले बताएका छन् ।

भोलि पूर्वबाट पानी पार्ने केही प्रणाली नेपाल प्रवेश गर्न लागेकाले पानी पर्ने क्रम बढ्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।

उहाँकाअनुसार भोलि बेलुकी प्रवेश गर्ने प्रणाली देशभरि नै फैलिएर यो हप्ता पानी पर्ने क्रम बढ्ने देखिएको हो । केही ठाउँमा भने ठूलो पानी पर्ने भएकाले बाढी पहिरोको पनि जोखिम बढ्ने देखिएको छ । आज भने देशभरिकै मौसम आंशिकदेखि सामन्य बद्ली भएर थोरै ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् पौडेलले जानकारी दिनुभयो ।

आज राति पनि देशभर आंशिकदेखि सामान्य बद्ली रहेर प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै ठाउँमा मेघगर्जनसहित हल्का पानी पर्ने सम्भावना छ ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया