त्रिशूलीमा खसेको पेट्रोल ट्याङ्करका चालक र सह-चालक सम्पर्कमा

 असोज ४, २०७७ आइतबार १२:१३:२८ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ - त्रिशूली नदीमा खसेको पेट्रोल ट्याङ्करका चालक र सह-चालक सम्पर्कमा आएका छन् ।

बिहान ना ४ ख २८२२ नम्बरको पेट्रोल बोकेको ट्याङ्कर धादिङको गल्छी गाउँपालिका-६ चरौँदीबाट त्रिशूली नदीमा खसेको थियो । ट्याङ्करका चालक र सह-चालक भने भेटिएका थिएनन् । इलाका प्रहरी कार्यालय गजुरीका अनुसार चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका ११ का ३२ वर्षका सुदीप बोहरा र सह-चालक मनिष नगरकोटी सम्पर्कमा आएका हुन् ।

त्रिशूली नदीमा खसेको ट्याङ्करमा आगो लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नेत्र भट्टले जानकारी दिनुभयो । नदीमा खसेको गाडी पानीमा डुबेको छ । केही भाग देखिएको छ ।
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया