दशैँअघि नै सिसडोलमा ल्याण्डफिल साइट : मन्त्री मानन्धर

 असोज ४, २०७७ आइतबार १४:११:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सिसडोल ल्याण्डफिल साइट निर्माणको काम दशैँ अगाडि नै सम्पन्न हुने बताउनुभएको छ । 

काठमाण्डौ र ललितपुरको फोहर व्यवस्थापन गरिँदै आएको नुवाकोटको ओखरपौवाको सिसडोल ल्याण्डफिल साइट निर्माणको काम दशैँ अगाडि नै सम्पन्न हुने राज्यमन्त्री मानन्धरले बताउनुभयो । निर्माणस्थलको अनुगमनपछि राज्यमन्त्री मानन्धरले झण्डै ९० प्रतिशत काम सम्पन्न भइसकेको बताउनुभयो । कोरोनाका कारण समस्या देखिए पनि दशैँ अगाडि नै काम सम्पन्न गर्ने लक्ष्यका साथ निर्माणको काम अघि बढिरहेको उहाँले बताउनुभयो ।

सिसडोल ल्याण्डफिल साइट निर्माण आयोजनाका सुपरभाइजर कमल पोखरेलले ८५ प्रतिशतसम्म काम सकिएको बताउनुभयो । बर्खाको समय र लकडाउनका कारण केही ढिला भए पनि अहिले काम तीव्र गतिमा अगाडि बढिरहेको उहाँले बताउनुभयो । ल्याण्डफिलसँग जोडिएका अरु क्षेत्रमा पनि काम अगाडि बढेकाले छिटोभन्दा छिटो काम सम्पन्न गर्ने गरी अगाडि बढिरहेको उहाँले बताउनुभयो ।

आयोजनाका फिल्ड सुपरभाइजर प्रतिक तामाङले लकडाउन खुलेपछि रफ्तारमा काम अगाडि बढिरहेको बताउनुभयो । असोज अन्तिमसम्म फिल्ड निर्माणको काम सक्ने र कात्र्तिक पहिलो हप्ता सबै काम सम्पन्न गर्ने गरी अगाडि बढिरहेको उहाँले बताउनुभयो ।

बन्चरे डाँडामा काठमाण्डौ उपत्यकाको दुई महानगरपालिका र १६ नगरपालिकाको फोहर व्यवस्थापन हुने छ । बन्चरे डाडाँमा ल्याण्डफिल साइट निर्माणका लागि सङ्घीय सरकारले एक अर्ब ५६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । नुवाकोटकै सिसडोलमा दुई वर्षका लागि अस्थायी रुपमा फोहर व्यवस्थापन गर्ने भनिए पनि वर्षाैँसम्म फोहर व्यवस्थापन गरिँदा ल्याण्डफिल साइट भरिएको छ । 

स्थानीयले त्यही समस्या दोहोरिन सक्ने भन्दै यसअघि पटक–पटक निर्माणमा अवरोध गर्दै आएका थिए ।  

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया